माओवादी केन्द्रसहित कम्युनिष्टमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ

महोत्तरी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफलू मन्त्री बनेदेखी नै सम्बन्धित क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन् ।महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताएका हुन् ।

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उनले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गरे । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उनले बताए ।

माओवादी केन्द्रमासमेत वैैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘ कम्युनिष्ट आन्दोलनलाइ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’ वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता औँल्याए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार