सभामुखले बोलाए सर्वदलीय बैठक, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाएका छन् । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै बैठक बोलाएका हुन् ।

शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गरि निमन्त्रणा गरिएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले बताए । उनले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको बताए ।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार