लोसपाको तर्फबाट महन्थ ठाकुर राष्ट्रपतिको उम्मेदवार बन्ने

काठमाडौँ – दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु भएको हो ।

राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको छ । बुधबार ओली निवासमा बालकोटमा दुई नेताबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।

यसैबीचमा लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने जनाएको छ । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपति मा साझा व्यक्ति हुनुपर्ने भएकाले त्यसका लागि ठाकुर उपयुक्त रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार