स्थानीय तहको अनुदान सच्याउने मुख्यमन्त्री राउतको प्रतिवद्धता

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजनालाई सच्याउने प्रतिवद्धता जनाएका छन् ।

बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सशर्त अनुदानको योजनामा कुनै त्रुटि भएको सच्चाउने बताएका हुन् । यसअघि प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै मंगलबार विपक्षी दलहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री राउतले प्रदेशसभा सदस्यहरुले दिएको सुझाव र योजना सिफारिसलाई ध्यान दिइने जिकिर गरे । प्रदेशसभा सदस्यहरुले दिएको योजना अनुसार नै धेरै ठाउँमा गएको र केही ठाउँमा त्रुटी भएको उनले स्वीकार गरे । त्यस्तै उनले विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भिरतापुर्वक पढेर पारित गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपछि बुधबार प्रदेशसभा बैठक सञ्चालन भएको थियो । बैठकमा प्रि–बजेटको छलफल भएको थियो । प्रदेश सरकारले बिहीबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार