के हो बर्डफ्लू र कसरी बच्ने ?

काठमाडौँ । बर्डफ्लू विशेषगरी पंक्षीहरुमा लाग्ने रोग हो । यसलाई एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लू भनिन्छ । बर्डफ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्छ । यो रोग पंक्षीबाट फैलिने गर्छ । बर्डफ्लू पंक्षीहरूको अति सङ्क्रामक रोग हो ।

बर्डफ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने एक सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको अध्ययनहरुले देखाएको छ। यसलाई प्राणघात रोग पनि भनिन्छ ।

मानिसमा पनि सर्न सक्छ ?

पंक्षी प्रजातिमा देखिने बर्डफ्लू मानिसमा पनि सर्न सक्ने चिकित्सकहरु बताउँछन् । उनीहरुकाअनुसार संक्रमित वा मरेको पंक्षीको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । बर्डफ्लू लागेका पंक्षीको मासु, रगत, प्वाँख, सिँगान, र्‍याल, सुली, अण्डा, अण्डाको क्रेट, दानाको सम्पर्कबाट वा नजिकैको हावामा उडिरहेका ससाना पानीका कणहरुको सम्पर्कबाट मानिसलाई पनि यो रोग सर्न सक्ने जोखिम बढी हुन्छ ।

बर्डफ्लूका लक्षण

बर्डफ्लू संक्रमित भएका मानिसहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, जाडो अनुभव हुने, हाछ्यूँ आउने, शरीरका मांसपेशीमा पीडा अनुभव हुने, नाकबाट पानी बग्ने र नाक थुनिएको अनुभव हुने जस्ता लक्षण देखापर्छ ।

बर्डफ्लूबाट बच्ने उपाय

बर्डफ्लू लाग्नबाट खाना खानु भन्दा अगाडि साबुन पानीले राम्ररी हात धुने, घर छिमेकमा कुखुरा तथा पंक्षीहरु मरेको देखिएमा तुरुन्त सरकारी सम्बन्धित् अधिकारीहरुलाई जानकारी गराउने गर्नुपर्छ । शंकास्पद मृत्यु भएका कुखुरा, हाँस, टर्की, परेवा, कागजस्ता पंक्षीहरुलाई नछुने र यसबारे सम्बन्धित् पक्षलाई जानकारी दिने गर्नुपर्छ ।

कुखुरा, हाँस, परेवा, टर्कीलगायतका पंक्षीहरुको नजिक जाँदा वा छुँदा अनिवार्य रुपमा मास्क र पञ्जा लगाउने गर्नुपर्छ । कुखुराको मासु ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर मात्रै खाने बानी गर्नुपर्छ ।a

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार