पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजल र मट्टितेलको मूल्य  बढाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार  डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८,  डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार