मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई सात वर्ष कैद सजाय

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे त्यो बेला सौन्दर्य प्रतियोगिता गरेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। त्यतिबेला उनले किशोरी बलात्कार गरेको आरोपमा अहिले आएर मुद्दा दर्ता गर्न कानुनी अड्चन थियो। बलात्कार घटनाको उजुरी १ वर्ष भित्रै दिनुपर्ने कानुन भएकाले आठ वर्षपछि बाहिर आएको यो घटनामा बलात्कार मुद्दा चलाउन मिलेको थिएन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार