देउवा र शेखर पक्षका विद्यार्थीबीच ढुङ्गा हानाहान

काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शेखर– गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर(पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार