पाकिस्तानका सुपरस्टार खेलाडी मोहम्मद रिजवान नेपालमा

काठमाडौँ – पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाल आएका छन् । उनी नेपाली क्रिकेटरहरुसँग भेटघाट गर्नका लागि नेपाल आएको बताइएको छ । बलात्कार आरोप पछि नेपाली टोलीमा फर्किएका सन्दीप लामिछानेसँग पनि रिजवानले भेटवार्ता गर्नेछन् ।

सन्दीपलाई भेटेर मनोबल बढाउन पछिल्लो समय विश्वस्टार क्रिकेटरहरुले इच्छा जनाउँदै आएका छन् । भारतीय विकेटकिपर दीनेश कार्तिकले पनि नेपाल आएर सन्दीपलाई भेट्ने इच्छा गरेको बुझिएको छ ।

रिजवानले सोमबार विहान नेपाली क्रिकेट टोलीलाई पनि भेटेर सल्लाह सुझाव दिएका छन् । नेपाली टोलीसँग बैठक गरिरहेका रिजवान आज नै पाकिस्तान फर्किनेछन् ।

गत मंगलबार पोखरामा बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । बलात्कार आरोपपछि सन्दीपमाथि मनोबलमा असर परेको हुँदा उनलाई सहयोगन गर्न नै रिजवान नेपाल आएको बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार