भुटानमाथि नेपालको सहज जित

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रीति राईले एक गोल गरिन् । भुटानको यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा भारतसँग १२– ० ले पराजित भएको थियो ।

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३– १ गोल अन्तरले पराजित भएको थियो ।प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार