जुवातास खेलरहेका १९ जना पक्राउ

काठमाडौं : नागार्जुन नगरपालिका-४ सीतापाइला डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१० घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जनसमेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख १२ हजार २ सय १५ रुपैयाँ, ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार