ठोस निर्णय गर्दैछौँ, सिधा कुरा नगरेको धेरै भएछ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले पार्टी कार्यलयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । सरकारमा रहने कि नरहेन भन्ने विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दैछ । उक्त बैठक लगत्तै पत्रकार सम्मेलन गर्ने लामिछानेले बताएका छन् ।

आइतबार विहान सामाजिकसञ्जालमा लामिछानेले आज बस्ने रास्वपाको बैठकले सरकारको विषयमा ठोस निर्णय गर्ने उल्लेख समेत गरेका छन् । उनी लेख्छन्, ‘ पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

रास्वपाले गृहमन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले कुनैपनि हालतमा उक्त मन्त्रालय नदिने अडान लिएका छन् ।

यसअघि विहिबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । भने शनिबार साँझ बसेको बैठक निष्कर्षविहीन बनेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार