रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालयको अफर, रवि बाहेकका व्यक्ति पठाउन आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले तत्काल गृह मन्त्रालय दिन नसकिने र त्यसको साटो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् । उक्त प्रस्तावबारे रास्वपा सभापति लामिछाने सकारात्मक देखिएको प्रधानमन्त्री निकट स्रोत बताउँछ ।

यस विषयमा छलफल गर्नका लागि आइतबार विहान ११ बजे रास्वपाको बैठक बस्दैछ। रास्वपाले गृहमन्त्रालयमा दाबी गरिरहेको छ । तर, प्रधानमन्त्री दाहालले कुनैपनि हालतमा उक्त मन्त्रालय नदिने अडान लिएका छन् ।

यसअघि विहिबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने निर्णय गरेको थियो । भने शनिबार साँझ बसेको बैठक निष्कर्षविहीन बनेको थियो ।

रास्वपाले सरकार गठनका बेला भएको सहमति अनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार