प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा भेटवार्ता

'अर्को मन्त्रालय लिएर भए पनि सरकारमा रहन लामिछानेलाई आग्रह'

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको बेला लामिछाने र प्रचण्डबीच एक घण्टा छलफल भएको हो। पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्नुअघि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा के के विषयमा कुराकानी भयो भन्ने जानकारी दिइएको छैन।

प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली र लामिछानेबीच शनिबार भएको भेटमा अर्को मन्त्रालयको विकल्प बारेमा पनि छलफल भएको थियो। ओली र प्रचण्डले अर्को मन्त्रालय लिएर भए पनि सरकारमा रहन आग्रह गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार