पाकिस्तानद्वारा विकिपिडियामाथि प्रतिबन्ध

एजेन्सी । निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई सेन्सर गरेपछि शनिबार पाकिस्तानमा उक्त वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ ।

मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजिक सञ्जाल फेसबुक र युट्युबलाई यसअघि पनि अपमानजनक सामग्री प्रकाशित गरेको आरोपमा प्रतिबन्ध लगाइएको थियो । यस सम्बन्धमा पाकिस्तान दूरसञ्चार प्राधिकरण ९पीटीए०का प्रवक्ता मालाहत ओबैदले एएफपीसँग कुरा गर्दै भने, “धर्म र धार्मिक सन्दर्भमाथिको निन्दात्मक सामग्री हटाउन र समयसीमा पूरा गर्न पटक–पटक पत्राचार गर्दा पनि जवाफ नदिएपछि अनलाइन इन्साइक्लोपीडियालाई शुक्रबार देशभर बन्द गरिएको हो ।”

पीटीएले यस हप्ताको सुरुमा विकिपिडियालाई सामग्री हटाउन ४८ घण्टाको अल्टिमेटम दिएको थियो । ओबैदले भने, “उनीहरूले केही सामग्रीहरू हटाए तर सबै होइन । सबै आपत्तिजनक सामग्री नहटाएसम्म यो प्रतिबन्ध कायम रहनेछ,”

शनिबार मोबाइल फोनबाट साइटमा पहुँच प्राप्त गर्न नसकिएको पाकिस्तानस्थित एएफपीका एक सम्वाददाताले बताए । विकिपिडियाको व्यवस्थापन गर्ने गैरनाफामूलक कोष, विकिपिडिया फाउन्डेसनले भनेको छ, “यो प्रतिबनधले विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको राष्ट्रलाई सबैभन्दा ठूलो निःशुल्क ज्ञान भण्डारमा पहुँचबाट बञ्चित गरेको छ । यदि यो जारी रह्यो भने यसले सबैलाई पाकिस्तानको ज्ञान, इतिहास र संस्कृतिमा पहुँचबाट बञ्चित गर्नेछ ।

अभिव्यक्ति स्वतन्त्रताका अभियानकर्ताहरूले प्रतिबनधलाइृ पाकिस्तानका मुद्रित र इलेक्ट्रोनिक सञ्चारमाध्यममाथि बढ्दो सरकारी ‘सेन्सरसिप’को नमुना भएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार