नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटुवाल सैनिक अस्पतालमा उपचाररत छन्।
दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटुवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कटुवालका स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा राखेर उपचार भइरहेको छ । उनका अनुसार मृगौलामा समस्या देखिएपछि साताको दुई दिन डायलासिस गराई रहेका कटुवालको स्वास्थ्यमा थप समस्या देखिएपछि गत मगलबारदेखि आईसीयूमा राखेर उपचार भईरहेको हो ।
साथै, कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रवक्ता भण्डारीले जानकारीसमेत दिएका छन्।
०६६ साल वैशाख २० उनलाई प्रधान सेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भए पछि सोही प्रकरणमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो । कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए।