संसद विघटनविरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु

संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि आफूले गठन गरेको इजलासमै सुनुवाइ सुरु भएको हो । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए। इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि यो इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार