राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई विदेश पलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी राई शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनमा क्लबमा नदेखिने भएका छन् । एन्फाले नयाँ सिजनको लिग फागुन १९ गतेबाट सुरु गर्ने योजना बनाएको छ ।

विशालले मनाङ मर्स्याङदी क्लबबाट पनि लिग खेलेका थिए । विशालले नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेलेका हुन् । विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार