योगेश भट्टराईले एमाले एकताको समस्याबारे देखेका दुई कारण

नेकपा एमालेका नेता योगेश भट्टराईले एमालेको एकता बचाउन जरुरी रहेको बताएका छन् । नेता भट्टराईले बुधबार विहान आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताको मुल जड केपी ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका छन् ।

उनले एमाले एकताका मुल जड नेताहरूबीच विश्वासको संकट र आफ्नो पार्टीभन्दा अरू पार्टीलाई साथ लिएर गठबन्धन बनाउन केन्द्रीत हुनु रहेको बताएका छन्।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’ भट्टराईले भनेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’

कसले किन र केका लागि यो सबै गर्दैछ भनी उनले प्रश्न पनि गरेका छन्।  ‘एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस विषयमा कमरेडहरूबीचमा गम्भीर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ’, भट्टराई भनेका छन्।

 

नेता भट्टराईको भनाइ:

एमालेको एकताको मुल जड ?

  • कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने।
  • कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।

कसले, किन र के का लागि गर्दैछ यो सब? एमाले एकताको समस्याको मुल जड यहिँ छ।

यस विषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत् एमालेको एकता बचाउन जरुरी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार