काठमाडौँ – बसको ठक्करबाट आठ बालिकाको मृत्यु भएपछि काभ्रेको बनेपा तनाव ग्रस्त बनेको छ । आज बनेपाबाट खार्पाचोक जादै गरेको बा २ ख ७३४२ नम्बरको बसले नमोबुद्ध– ७ स्थित २० किलोमा बालिकालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो ।
स्थानीयहरुले अहिले सडकमा प्रदर्शन गरेका छन् । भने बसमा समेत आगजनी गरेका छन् । चालकको लाहपरवाहीका कारण बालिकाको मृत्यु भएको स्थानीयको आरोप छ । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।