रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाहको प्रयास

सुर्खेत । जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४० वर्षीय सवारी चालक गोकर्ण कार्कीले आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार