काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि भएको चेतावनी दिएका छन् । नागरिकता सम्बन्धी विवादमा अदालतले दोषी ठहर गरेपछि गृहमन्त्री पद गुमाएका रविले आफू अभिमन्यु नभएको भन्दै मौनता आज सम्ममात्रै भएको बताएका छन् ।
रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।