स्टेफानोस सितसिपास फ्रेन्च ओपनको सेमिफाइनलमा

पाँचौं वरियतामा रहेका ग्रीक खेलाडी स्टेफानोस सितसिपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रुसी खेलाडी डानिल मेड्भेडेभलाई ६–३, ७–६ र ७–५ को सेटमा पराजित गर्दै स्टेफानोसले अन्तिम चारमा प्रवेश गरेका हुन् ।

स्टेफानोस लगातार तेस्रोपटक ग्राण्डसलामको सेमिफाइनलमा पुग्न सफल भएका छन् । २२ वर्षका स्टेफानोसले छैटौं वरियताका जर्मन खेलाडी एलेक्सान्डर स्वेरेभसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

स्पेनिस एलेहान्ड्रो डेविडोविक फोकिनालाई ६–४, ६–१ र ६–१ को सेटमा पराजित गर्दै स्वेरेभ पहिलोपटक अन्तिम चारमा आइपुगेका हुन् । स्टेफानोस र २४ वर्षका एलेहान्ड्रो दुवै पहिलो ग्राण्डसलाम उपाधिको होडमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार