९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ

'नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम काँचो सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् ।

दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२:१० बजे काठमाडौं आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए ।

उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार