राफिन्हा र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल भने बार्सिलोनाकै जुलेज कुण्डेले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै यस खेलको ९५औं मिनेटमा रियल बेटिसका विलियम कार्भाल्होले रातो कार्ड पाएका थिए । यो जितपछि बार्सिलोनाले १९ खेलमा ५० अंक बनाएको छ साथै बार्सिलोना एक खेल कम खेलेको रियल म्याड्रिड भन्दा ८ अंकले अगाडी भएको छ ।

त्यसैगरी रियल बेटिसको भने १९ खेलमा ३१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार