हाया कार्डधारीले अझै एक वर्ष कतार आउजाउ गर्न पाउने

कतार विश्वकप २०२२ को समयमा हाया कार्ड लिएकाहरूले अर्को वर्ष २०२४ जनवरीसम्म निःशुल्क कतार आउजाउ गर्न पाउने भएका छन् ।

फिफा विश्वकप फुटबलको समयमा विदेशी नागरिकलाई कतार प्रवेश गर्न प्रदान गरिएको हाया कार्डको अवधि बढाइएको हो । गत वर्ष २० नोबेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा भएका विश्वकप अवधिभरका लागि जारी गरिएको हाया कार्डको वैधताको अवधि २०२४ जनवरीसम्म कायम गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विश्वकपको समयमा लिएको हाया कार्ड भनेको कतारको भिसा (प्रवेश अनुमति पत्र) हो । यो कार्ड भएकाहरूलाई होटेल तथा बस्ने खाने व्यवस्था गरेको प्रमाण साथमा हुनुपर्छ । त्यसैगरी परिवारका सदस्य वा साथी लैजान परेमा भने त्यसको जानकारी कतारको सम्बन्धित निकायलाई गराउन पर्नेछ ।

हाया कार्ड हुनेहरूको राहदानीको अवधि दिन महिनाभन्दा बढीको हुनु पर्छ भने कतार बस्दासम्मका लागि जीवन बीमा गरेको हुनुपर्छ । साथमा स्वदेश फर्कने टिकट पनि हुनुपर्छ । हाया कार्ड भएकाहरूले तीन जनासम्म परिवारका सदस्यहरूलाई कतार घुम्न बोलाउन सक्नेछन् ।

यसैगरी, फेब्रुअरी १ देखि भिजिट भिसामा कतार आउँदा अनिवार्य रुपमा स्वास्थ्य बीमा गर्नुपर्ने भएको छ । कतार सरकारले अनिवार्य गरेको स्वास्थ्य बीमाको नयाँ नियम अनुसार कतार आउनुअघि सरकारले मान्यता दिएको एजेन्सीमार्फत बीमा गर्नुपर्ने जनाएको छ ।

स्वास्थ्य बीमाको शुल्क ५० कतारी रियाल तोकिएको छ । भिजिट भिसाको क्रममा रहेका पर्यटकले कतार बसाइको समयमा आवश्यक परेमा निशुल्क उपचार पाउने व्यवस्था गरिएको छ भने भिसाको अवधि बढाएर बस्दा प्रति महिना ५० रियालको बीमा गर्नुपर्ने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार