सभामुख घिमिरेले रविको सांसद पद खारेज भएको जानकारी सदनलाई गराए

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराएका हुन् ।

उनले संसदलाई जानकारी गराउँदै भने, ‘प्रतिनिधिसभा सदस्य भएका रवि लामिछानेले अमेरिकी नागरिकता विधिवत् त्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता प्राप्त गर्न प्रक्रिया पूरा नगरिएको हुँदा निजले प्रतिनिधि सभाको सदस्य रहन देखिन उपयुक्त नदेखिएकोले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन उपयुक्त नदेखिएकोले उम्मेदवार भई निर्वाचित भएको देखिएकोले निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने काम नेपालको संविधानको धारा ३३ को उपधारा २, ३ र धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुन्छ भन्ने निर्णय गरेकोले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको कुरा प्रतिनिधिसभा नियमावली २०७५ नियम २१२ को उपनियम १ बमोजिम माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

प्रतिनिधिसभाको बैठक माघ २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार