बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास

बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले आफैलाई जलाउने प्रयास गरेका हुन् ।

उनले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घरमा कोही नभएको मौका पारेर आत्मदाहको प्रयास गरेका जिसीलाई घाइते अवस्थामा भेटेपछि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको धौलागिरी अस्पतालमा सामान्य उपचारपछि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत तेज प्रसाद न्युरेले बताए ।

बुधबार बिहान करिब ११ः३० बजेको समयमा घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार