क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, को कुन ग्रेडमा ?

नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

पुरुषतर्फ ग्रेड एमा ५, ग्रेड बीमा ३ र ग्रेड सीमा १० जना रहेका छन् । क्यानको नयाँ ग्रेडिङमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई बी ग्रेडमा झारिएको छ भने अर्का पूर्वकप्तान सन्दीप लामिछानेलाई समेटिएको छैन । ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् ।

ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।

ग्रेड ‘सी’मा रहेका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

नयाँ ग्रेडिङमा महिलातर्फ भने रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् । साथै ग्रेड बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड सीमा राखिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार