अमेरिकाबाट नेपालको उच्चस्तरीय भ्रमण तय, यूएसएआईडीकी प्रमुख पावर आउँदै

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी)की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।

अमेरिकी सरकारको मन्त्रीसरह मानिने यूएसएआईडीकी प्रमुख पावर फेब्रुअरीको पहिलो हप्तामै नेपाल भ्रमणमा आउने भएकी हुन् । राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।

पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।

पावलले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार