क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

नेपाल टी२० लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका मल्लले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । नेपाल टी२० लिगमा विवाद, फिक्सिङ, तथा तीव्र आलोचनापछि मल्लले राजीनामा दिएका हुन् ।

असन्तुष्ट केन्द्रीय सदस्यहरुले कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा माग गदै आएका थिए ।

२०७६ असोज ११ मा क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार