२०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक बोलाउन वामदेवको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले २०७५ जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीको बैठक बोलाएर विवाद समाधान गर्न प्रस्ताव गरेका छन् ।

गौतमले एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याका बारेमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष केपी शर्मा ओलीसँगप्रस्ताव गरेका छन् ।

गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकताका लागि पेश गरेको ६ बुँदे प्रस्तावपछि पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठक बसेको र बैठकले ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयास मान्न नसकिने निष्कर्ष निकालेको बताएका छन् ।

यस्तै गौतमले पार्टी अध्यक्ष ओलीले जारी गरेको वक्तव्यलाई एकताका लागि इमान्दार प्रयत्न मान्न नसकिने बताएका छन् । बुँदा नम्बर १ मा नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्नु सकारात्मक भए पनि एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको उनले बताए ।

वामदेवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोगका बावजुद बुँदा न। १ मा “नेकपा९एमाले० लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार