धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।
इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
लागूऔषध कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका विनोद कुमार शर्मा, हातहतियारमा अनुसन्धान भईरहेका रोशन महत्तो र शंकर सिंह, तथा अभद्र व्यवहारमा अनुसन्धान भईरहेका अनिल मण्डल, रोशन यादव र हरिदिप सिंह फरार भएका थिए ।
उनीहरू हिरासतको फोरेर आइतबार राति करीब १ बजे फरार भएको बताइएको छ । रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरिसकोको छ भने अन्य ५ जना थुनुवा अझै फरार छन् । ।