प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे

नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

आज बिहान ९ बजे नेकपा एसका अध्यक्ष माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर लगाउतका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।

देशको अर्थतन्त्र गम्भीर संकटतिर उन्मुख भएको भन्दै संकट समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम र अपनाउनुपर्ने आर्थिक रणनीतिको बारेमा प्रतिपक्षी दलको हिसावले जिम्मेवारी बोध गर्दै ज्ञापनपत्र बुझाएको उल्लेख गरिएको छ ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको एकीकृत समाजवादीको ठहर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार