एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ । मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाउन लागेको हो ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी भएको छैन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार