फागुन २५ मा राष्ट्रपति निर्वाचन

काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।

आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चुनावको मितिबारे नेपाल सरकारलाई सोमबार नै जानकारी दिनेसमेत तयारी गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले आयोगले चुनाव मिति तोक्ने र त्यसको जानकारी सरकारलाई दिने व्यवस्था छ  ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार