माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ। रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय आफैँले राख्ने पक्षमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् ।

माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार