प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

अमेरिकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार साँझ नेपाल आइपुगेकी नुल्याण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दुई जनाबीच दुई पक्षीय साझेदारीका विभिन्न विषय तथा आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छन् । नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण पनि गर्ने छिन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार