प्रधानमन्त्री प्रचण्डद्वारा शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण

शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँको लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश मार्फत शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु सबैमा आव्हान गरेका छन् । उनले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै शहीदका सपना पूरा गर्न आह्वान गरेका छन् ।

दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

शहीद स्मारकमा श्रद्धाञ्जलीसभामा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सम्मान व्यक्त गर्न पुगेका थिए ।

विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार