ललितपुरमा कार र ट्याक्सी एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

ललितपुरमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित बीएण्डबी अस्पताल नजिकै गएराति कार र ट्याक्सी आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु अुनेमा ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ वर्षका सरोजकुमार विक र काठमाण्डौको कलङ्की बस्ने मोरङका अन्दाजी ३५ वर्षका धनबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये कार चालक झापा बिर्तामोडका ३५ वर्षका वीरबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार