प्रहरी हिरासतको पर्खाल भत्काएर धनुषामा भागे ६ थुनुवा

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् ।

गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए ।

उनका अनुसार भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए ।

थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको खडकाले बताए ।

प्रहरी हिरासतमा रहेका लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरसातमा राखिएको थयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार