प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

नागरिकता लिएसँगै पार्टीले उनलाई पुनः सभापति चयन गरेको थियो । नागरिकताका विषयमा शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएसँगै उनले सांसद् तथा उपप्रधान एवम् गृहमन्त्रीको पद गुमाएका थिए ।

रास्वपाले आफ्नो पार्टीले गृहमन्त्री पाउनुपर्ने अडान राखेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार