बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन नगर्न धितोपत्र बोर्डको निर्देशन

अनुमतिपत्र बिना वस्तु विनिमय बजार व्यवसाय नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । अनुमति बिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै  जनाएको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको व्यहोरा सम्बन्धीत सबैमा बोर्डले सुचीत गराएको छ ।  पछिल्दो समयमा केही संस्था–कम्पनीले वस्तु विनिमय बजार सम्बन्धी कारोबार गरिरहेकोहरुप्रति बोर्डले ती कम्पनीहरुलाई सचेत र बोर्डको गम्भीर ध्यानाकर्षण पनि भएको छ

वस्तु विनिमय बजार र सम्बन्धी व्यवसायहरुले बिना अनुमति कुनै किसिमको कारोबार गरेमा कानुनी कारबाही हुने बोर्डले सबैलाई सूचित गराएको छ । बोर्डले आम लागानीकर्ताहरुलाई बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत् वस्तु विनिमय बजार सम्बन्धित कारोबार नगर्न आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार