तीन हजार रुपैँया फिर्ता गर्न नसक्ने स्थिति आएपछि सहकारी सञ्चालक फरार

काठमाडौंको एक सहकारीका सञ्चालकहरू फरार भएका छन् । नयाँबानेश्वरस्थित मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीले बचतकर्तालाई तीन हजार रुपैँया फिर्ता गर्न नसक्ने स्थिति आएपछि फरार भएका हुन् । उक्त सहकारीले पुस २१ गतेबाट बचतकर्तालाई एकपटकमा तीन हजार रूपैयाँसम्म मात्र दिन सकिने बताएको थियो । यसो गर्दा पनि दैनिक १५ जनाभन्दा बढी बचतकर्ता आउन थालेपछि व्यवस्थापन गर्न समस्या भएको संस्थाले बताउँदै आएको थियो ।

यसैबीच आइतबार संस्थाको मुख्य कार्यालय बन्द गरिएको छ ।  बचत फिर्ता माग्न गएका पीडितहरू सञ्चालक फरार भएको भन्दै सहकारी विभागमा उजुरी गर्न पुगेका छन् ।  संस्थाका आधिकारीक फेसबुक लगायत सामजिक संजालमा निष्क्रिय बनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार