छिमेकीले पुजा लगाउने भएपछि शिक्षामन्त्रीका क्षेत्रको विद्यालय ७ दिन बन्द

काठमाडौँ – शिक्षामन्त्री शिशिर खनालको निर्वाचन क्षेत्रमा पर्ने तारकेश्वर १ मा नजिकका छिमेकीले पुजा लगाउने भएपछि एक विद्यालयमा सात दिन पठनपाठन नहुने भएको छ ।

तारेकश्वर नगरपालिका वडा न. १ साङलामा अवस्थित ल्याण्डमार्क एकेडेमीको परिसरमा छिमेकीले पुजा मण्डप बनाएपछि विद्यालयको पठनपाठन प्रभावित हुने भएको हो । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने गर्छ ।

यता विद्यालयले भने वार्षिक शैक्षिक क्यालेन्डर विपरीत यो समयलाई स्पोर्टस सप्ताहको नाम दिने भएको छ । विद्यालय अवस्थित रहेको उक्त जग्गा उनै पुजा लगाउने छिमेकीको हो । उनले उक्त जग्गा विद्यालयलाई भाडामा दिएका थिए ।

अहिले उक्त विद्यालयको प्राङ्गणमा सप्ताहव्यापी हुने पुजाका लागि मण्डप तयारी गरिएको छ । विद्यालयले भने वार्षिक शैक्षिक क्यालेन्डर अनुसार सप्ताह व्यापीरुपमा खेलकुद कार्यक्रम राखिएको बताएको छ ।

नगर शिक्षा विभागका प्रमुख पदम बहादुर खत्रीले भाडामा लगाइसकेको जग्गामा जग्गाधनीको कुनै अधिकार नभएकाले विद्यालयको पठनपाठनलाई प्रभावित गरे जग्गाधनीलाई समेत कानुनअनुसार कारबाही हुने बताए । यस्तै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले विद्यालयले वार्षिक क्यालेन्डरभन्दा बाहिर गएर कुनैपनि बिदाका कार्यक्रम राख्न नपाउने भएकाले यसको छानबिन गरि विद्यालयमाथि कारबाही गर्ने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार