नेप्सेमा १४ अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडाैँ-  शिक्षामन्त्री शिशिर खनालको निर्वाचन क्षेत्रमा पर्ने तारकेश्वर २ मा बिद्यालय नजिकका छिमेकीले पुजा लगाउने भएपछि ७ दिन बन्द हुने भएको छ ।

काठमाण्डौको साङलामा अवस्थित नर्सरीदेखि कक्षा १२ सम्म अध्यायन अध्यापन हुने ल्याण्डमार्क एकेडेमीको परिसरमा छिमेकीले पुजा मण्डप बनाएपछि बिद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । तर, बिद्यालयले भने वार्षिक शैक्षिक क्यालेण्डर बिपरित बिद्यालय बन्द गर्ने समयलाई स्पोर्टस सप्ताहको नाम दिने भएको छ । स्रोतका अनुसार बिद्यालय अवस्थित रहेको उक्त जग्गा उनै छिमेकीको हो ।

भाडामा लिएको उक्त जग्गामा जग्गाधनिले ७ दिने सप्ताह लगाउने प्रयाजनका लागि बिदा राख्न भनेकाले यो समयमा स्पोर्टस सप्ताह मनाउन लागिएको बिद्यालयको भनाई छ ।

नगर शिक्षा विभागका प्रमुख पदम बहादुर खत्रीले भाडामा लगाईसकेको जग्गामा जग्गाधनिको कुनै अधिकार नभएकाले बिद्यालयको पठनपाठनलाई प्रभावित गरे जग्गाधनिलाई समेत कानुनअनुसार कारबाही हुने बताए । यस्तै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले बिद्यालयले बार्षिक क्यालेण्डरभन्दा बाहिर गएर कुनैपनि बिदाका कार्यक्रम राख्न नपाउने भएकाले यसको छानबीन गरि बिद्यालयमाथि कारबाही गर्ने बताएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार