रास्वपाको बैठक बस्दै, रविलाई पुनः सभापति बनाउने तयारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक डाकेको छ । पार्टीले आइतबार अपराह्न साढे ३ बजे बैठक डाकेको हो ।

बैठकमा पार्टी सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिनेबारे पनि छलफल हुने बताइएको छ । शुक्रबार सर्वोच्च अदालतले नागरिकताका विषयमा फैसला सुनाउँदै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

यससँगै उनको पार्टी सभापति पद पनि गुमेको थियो । लामिछानेको स्थानमा पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार