पोखरामा आत्मदाहाको प्रयास गर्ने एक जना घाइते

काठमाडौँ – पोखरामा आफैँलाई आगो लगाउन खोज्दा एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका १३ काहुँखोलामा आफैँलाई आगो लगाउन खोज्दा ४३ वर्षीय कृष्णबहादुर क्षेत्री घाइते भएका हुन् ।

उनलाई बचाउन जाँदा उनकी घरबेटी सङ्गीता सापकोटा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनले के कारणले आफैँलाई आगो लगाउने प्रयास गरेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार