आफ्नै श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

काठमाडौँ- आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा भोजपुर जिल्ला अरुण गाउँपालिका २ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार