नयाँ नागरिकता लिन जिप्रका पुगे रवि

काठमाडाैँ : नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् र सरकारबाट बहिर्गमन भएका लामिछाने सिडिओ कार्यालय पुगेका हुन् ।

शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले रविको नेपाली नागरिकता कायम नरहेको ठहर गरेको थियो ।

उनले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले सांसद बन्न योग्य नरहेको ठहर गरेसँगै रवि आइतबार नागरिकताको प्रमाणपत्र लिन सिडिओ कार्यालय पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार